धनगढी- प्रदेश ७ मा सरकार गठन भएको मंगलबार सय दिन पुग्यो। सरकारको सय दिनकै सन्दर्भमा मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
मुख्यमन्त्री त्रिलोचन भट्टले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको आफ्नो नाममा घरसमेत छैन। डोटी केआई सिंह ६ मा दाजु शालिग्राम भट्टको नाममा एउटा घर रहेको उनले उल्लेख गरेका छन्। एक तोला सुन र १५ तोला चाँदी रहेको मन्त्री भट्टको ऋण नै ३ लाख ४० हजार रहेको छ। यो वित्तीय र व्यक्तिगत ऋण हो। आफ्नो बैंक मौज्दात ७० हजार रहेको उनले विवरणमा खुलाएका छन्।
प्रदेश ७ मा ७ सदस्यीय मन्त्रिपरिषद् रहेको छ।
कुन मन्त्रीको कति सम्पत्ति? हेर्नुस् विवरण
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।