डडेलधुरा– डडेलधुरामा आज बिहान भएको जिप दुर्घटनमा मृत्य हुनेको संख्या ४ पुगेको छ। एक जना घाइतेको डडेलधुरास्थित उपक्षेत्रीय अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले बताए।
प्रहरीका अनुसार मृतक चारै जनाकाे सनाखत भएको छ। घटनास्थलमै मृत्यु हुनेमा जिपधनी दिपायल सिलगढी-४ का विनोदकुमार रावल, आर्दश गाउँपालिका–२ का वडाअध्यक्ष ४० वर्षीय प्रेम बोहरा, आदर्श गाउँपालिका-२ कै ३५ वर्षीय लाल बोहरा र १४ वर्षीया जानकी बोहरा रहेका छन्।
डोटीको दिपायलबाट कोहलपुरतर्फ गइरहेको से१ज ३३० नम्बरको शैलेश्वरी यातायातको जीप आज डडेलधुराको गन्यापधुरा गाउँपालीका–२ गजरौलामा दुर्घटना भएको थियो। दुर्घटनामा परि अन्य ७ जना घाइते भएका छन्। घाइतेमध्ये २ जनाको डोटी र ५ जनाको डडेलधुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घाइते हुनेहरुमा चालक विष्णु विक, कृष्ण कुमार यादव, आर्दश गाउँपालिका–२ का विनाेद बाेहरा, टेकबहादुर बाेहरा, नरेश देउवालगायत छन्।
दुर्घटनाको कारणबारे हाल प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।