काठमाडौं– प्रसिद्ध कवि एवम् साहित्यकार गोपाल प्रसाद रिमालको नाममा सरकारले राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ।
आइतबार राति बसेको मन्त्री परिषद्को बेठकले कवि रिमालको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो।
नेपाली साहित्यमा रिमाललाई प्रगतिवादी चेत भएका साहित्यकारका रूपमा चिनिन्छ। १९७५ मा काठमाडौंको लगनटोलमा जन्मिएका कवि रिमालका मसान(नाटक–२००३), यो प्रेम(नाटक–२००२), आमाको सपना (कविता सङ्ग्रह–२०२०) लगायतका कृतिहरु चर्चित छन्। रिमाल चर्चित नेपाली राष्ट्रभक्ति गीत ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो’का गीतकारसमेत हुन्।
‘आमाको सपना’ कविता कृतिका लागि उनलाई २०२० को मदन पुरस्कार प्रदान गरिएको थियो। उनी २०३० मा त्रिभुवन पुरस्कारबाट पनि सम्मानित भएका थिए।
थोरै लेखेर धेरै जस कमाउनेमध्येका एक साहित्यकार रिमालले छन्दमा लेख्ने परम्परालाई तोडेर गद्य(स्वतन्त्र लय)मा कविता लेख्न सुरु गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।