एजेन्सी– बलिउड अभिनेता सलमान खानको पारिश्रमिकका बारेमा विभिन्न समय चर्चा हुने गरेको छ। बलिउडमा स्थापित सलमानको परिश्रमिक कति होला भनेर उनका प्रशंषकमा चासो हुनु स्वभाविक नै हो।
यसै क्रममा सलमानले एक टिभी कार्यक्रमका लागि कतिसम्म पारिश्रमीक लिन्छन् भन्ने खुलेको छ। उनले एक टेलिभिजन कार्यक्रमका लागि ५ करोड पारिश्रमीक लिने गरेको बताइएको छ। केही समयपछि एक भारतीय टिभी च्यानल मार्फत प्रशारणमा आउन लागेको कार्यक्रम ‘दशका दम’का लागि उनले प्रति एपिसोड ५ करोड भारतीय रुपैयाँ पारिश्रमिक लिने भएका हुन्।
उक्त टेलिभिजन कार्यक्रम ९० मिनेटको हुने छ। जुन कार्यक्रम हप्ताको २ दिन प्रशारणमा आउने छ भने २ वटा कार्यक्रमको सुटिङ एकै दिनमा गरिने छ। यस अनुसार सलमानले एकै दिनमा १० करोडको आम्दानी गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।