किभ- इंग्लिस क्लब लिभरपुललाई हराउँदै च्याम्पियन्स लिगको उपाधि जितेसँगै रियल म्याड्रिडले कीर्तिमान बनाएको छ। रियलले लिभरपुललाई ३-१ गोलले पराजित गर्दै उपाधि जितेको हो।
च्याम्पियन्स लिगको उपाधि लगातार तेस्रोपटक जित्ने रियल पहिलो टिम बन्यो। रियलले यसअघि सन् २०१६ र २०१७ मा पनि उपाधि जितेको थियो। पछिल्लो पाँच फाइनलमा पुगेको रियलले चार उपाधि जित्यो। रियलले यसअघि सन् २०१४ मा पनि उपाधि कब्जा गरेको थियो।
च्यापियन्स लिगको सवैभन्दा बढी उपाधि जितेको रियलको यो १३औं उपाधि हो। रिलयपछि बढी उपाधि जितेको एसि मिलानले ७ पटक उपाधि जितेको छ।
यता उपाधिसँगै क्रिस्टियानो रोनाल्डोले पनि रेकर्ड बनाएका छन्। रोनाल्डो पाँच पटक च्याम्पियन्स लिगको उपाधि उचाल्ने पहिलो खेलाडी बने। उनले रियलबाट चार पटक र म्यानचेस्टर युनाइटेडबाट १ पटक उपाधि उचाल्न सफल भए।
रोनाल्डोले फाइनलमा गोल गर्न नकसेपनि सिजनको च्याम्पियन्स लिगमा सवैभन्दा बढी गोल गरे। उनी १५ गोल गर्दै सर्वाधिक गोलकर्ता भए। ३३ वर्षीय रोनाल्डोले च्याम्पियन्स लिगमा गोल संख्या १ सय २० पुर्याइसकेका छन्। उनी च्याम्पियन्स लिगमा सवैभन्दा बढी गोल गर्ने खेलाडी तथा सय गोल पूरा गर्ने पहिलो खेलाडी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।