किभ- स्पेनिस महारथी क्लब रियल म्याड्रिडले लगातार तेस्रोपटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ। शुनिबार राति भएको उपाधि भिडन्तमा रियलले इंग्लिस क्लब लिभरपुललाई ३-१ गोलले पराजित गर्दै लगातार तेस्रो पटक उपाधि कब्जा गरेको हो।
खेलको ५१ मिनेटमा करिम बेन्जिमाले गोल गरेर रियललाई अग्रता दिलाएका थिए। तर ४ मिनेटपछि लिभरपुलले बराबरी गोल फर्काउन सफल भयो। साडियो मानेले ५५ मिनेटमा बराबरी गोल गरेका थिए।
६४ मिनेटमा गारेथ बेलले उत्कृष्ट गोल गरेपछि रियल २-१ ले अघि बढ्यो। बेलले ओभरहेड किकमार्फत सानदार गोल गरेक थिए। खेल सकिन ७ मिनेट बाँकी छदा बेलले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेपछि रियल जिततर्फ अघि बढेको थियो।
जितसँगै रियलले १३औं पटक च्याम्पियन्स लिगको उपाधि उचाल्न सफल भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।