धनकुटा- पसलमा खाजा खाने क्रममा ट्रकका चालकले नाटकीय शैलीमा ८ लाख रुपैया चोरी गरेका छन्। पाख्रीबास नगरपालिका-५ भैसे बस्ने रणबहादुर तामाङको आफ्नै घरमा रहेको पसलबाट चोरी भएको हो।
चोरी अभियोगमा भोजपुरबाट धरानतर्फ आउँदै गरेको ना.६ ख ८०२२ नम्बरको मालबाहक ट्रकका चालक धनकुटा, धनकुटा नगरपालिका(१ बस्ने ३२ वर्षीय भरत राईलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार उक्त पसलमा चालक राई र सहचालक भोजपुर बोखिम घर ठेगाना बताउने माईला भन्ने व्यक्तिले नास्ता खान बसेका थिए। पसल संचालक भित्र गएको अवस्थामा बाकसमा रहेको करीव ८ लाख रुपैयाँ नगद चोरी गरी उनीहरु भागेका थिए।
सूचना पाउँनासाथ ईलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरीले सोही नगरपालिका(५ निरौला मोडमा ट्रक फेला पारी तलासी गर्दा चालक सिट पछाडीको टुलबक्समा प्लाष्टिकमा कपडाले बेरेर राखेको अवस्थामा नगद ४ लाख रुपैयाँ फेला पारी चालक राईलाई नियन्त्रणमा लिएको हो। बाँकी पैसा लिएर बसका सहचालक भने फरार भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।