काठमाडौं– राष्ट्रिय खेलकुद परिषदको आयोजनामा आइतबारदेखि सुरु हुन लागेको प्रधानमन्त्री कप एकदिवशीय क्रिकेट प्रतियोगिता सम्पूर्ण तयारी पुरा भएको छ । प्रतियोगिताको व्यवस्थापनको जिम्मा पाएको नेपालयले तयार पूरा भएको जनाएको छ ।
प्रतियोगितामा पहिलो पटक सातै प्रदेशका टिमलाई सहभागि गराईएको छ। प्रदेश टिमसँगै ३ विभागीय टिमको पनि सहभागिता छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्टले प्रादेशिक संरचनामा पहिलो पटक आयोजना हुन लागेको यो प्रतियोगिताले ऐतिहासिक महत्व राख्ने प्रतिक्रिया दिएका छन् ।
उद्घाटन खेलमा आइतबार कीर्तिपुर मैदानमा विभागीय टोली एपीएफ र प्रदेश नम्बर ४ भिड्नेछन् । आइतबारनै मूलपानी मैदानमा हुने खेलमा समूह बी का प्रदेश नम्बर ६(कर्णाली) र प्रदेश नम्बर ७ बीच प्रतिस्पर्धा हुनेछ।
आगामी २९ गते सम्म चल्ने प्रतियोगिताको विजेताले २० लाख जित्ने छ भने उप विजेताले १० लाख रुपैयाँ हात पार्ने छ । यस्तै म्यान अफ दी सिरिजले १ लाख रुपैयाँ, उत्कृष्ट व्याट्सम्यान र बलरले ५०–५० हजार रुपैयाँ पाउनेछन् । एक जना उदयीमान खेलाडीले १५ हजार पाउँदा प्रत्येक खेलको म्यान अफ दी म्याचले १०–१० हजार पुरस्कार पाउने छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।