एजेन्सी (नयाँ दिल्ली)- बलिउड सुपरस्टार सलमान खान अभिनीत नयाँ फिल्म 'रेस ३' इदको अवसरमा प्रदर्शनमा आउँदै छ। हरेक वर्ष जस्तै यो वर्ष पनि इदमा उनको फिल्मले कीर्तिमानी कमाइ गर्ने धेरैको अपेक्षा छ।
भारतका साथै पाकिस्तानमा पनि सलमानका लाखौं फ्यान छन्, जो उनको फिल्म पहिलो दिनको पहिलो शो मै हेर्न आतुर हुन्छन्। तर, यस पटक पाकिस्तानी फ्यानका लागि सुखद खबर छैन।
पाकिस्तान सरकारले आफ्नो फिल्म उद्योगको प्रवर्द्धन गर्ने उद्देश्यले पाकिस्तानको सूचना मन्त्रालय अन्तर्गत सेन्ट्रल बोर्ड अफ फिल्म सेन्सर्सले इदको अवसरमा भारतीय फिल्म रिलिज गर्न रोक लगाएको छ।
पाक सरकारको आदेशमा भनिएको छ, 'स्थानीय फिल्म उद्योगलाई पुनर्जीवित गर्न र प्रवर्द्धन गर्ने उद्देश्यले संघीय सरकारले के निर्णय गरेको छ भने, इदको मौकामा कुनै पनि भारतीय फिल्म रिलिज हुनेछैन। यो प्रतिबन्ध इदको दुई दिन अगाडि र दुई साता पछाडिसम्म लागू हुनेछ।'
इदमा पाकिस्तानमा माहिरा खान अभिनीत '७ दिन, मोहब्बत इन' रिलिज हुनेछ।
माहिरा बलिउडमा शाहरुख खानसँग डेब्यू गर्ने पाकिस्तानी अभिनेत्री हुन्। उनले शाहरुखको 'रइस' मा मुख्य भूमिकामा अभिनय गरेकी थिइन्।
पाकिस्तानका सलमानका फ्यानहरुले इदमा बाध्य भएर माहिराको फिल्म हेर्नुपर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।