भरतको केरलामा निपा भाइरस देखिएपछि नेपालमा पनि यो रोगका विषयमा बहस सुरु भएको छ। निपा भाइरस विषेशगरी चमेराबाट सर्ने रोग हो। यो भाइरस टेरोपस जातको चमेराले फैलाउँछ। यो भाइरस मानिसमा पनि देखिएको छ। पशुपन्छी तथा जनावरको सम्पर्कमा रहेका मानिसहरुमा यो भाइरस बढी देखिन्छ।
सामान्य रुपमा भन्नु पर्दा चमेरबाट जनावर तथा पशुपन्छीमा र त्यसबाट मानिसमा यो भाइरस सर्छ। जनावरमा पनि विशेष गरेर सुँगुरबाट निपा भाइसर मानिसमा सर्ने गर्छ।
चमेराले फलफूल खाने तथा टोक्ने गर्छ, त्यसक्रममा उसले उक्त फलफूमा भाइरस छाडेको हुन्छ। यसका साथै चमेराको दिसा-पिसाबबाट पनि भाइरस सर्न सक्छ।
यो भाइरस मानिसबाट मानिसमा पनि सर्न सक्छ। अहिलेसम्म यो भाइरसको औषधि पत्ता लगाउन सकिएको छैन। सुखद् कुरा अहिलेसम्म नेपालमा यो भाइरस देखिएको छैन।
हामीकहाँ यो भाइरस सर्न सक्ने सम्भावना एकदम न्यून छ। यो भाइरस देखिएका स्थानमा हेर्दा अहिलेसम्म सीमित क्षेत्रमा मात्र देखिएका कारण नेपालमा सर्ने सम्भावना कम देखिएको हो। तर, पनि हामीले उच्च सर्तकता भने अपनाएका छौं।
संक्रमण न्यून भए पनि नागरिकले पनि सर्तकता अपनाउनुपर्छ। जस्तैः सुगुर पाल्ने ठाउँमा सकेसम्म विशेष सुरक्षा अपनाउनुपर्छ। सुँगुरको छेउमा जाँदा माक्सको प्रयोग गर्ने, हातमा पन्जाको प्रयोग गर्ने तथा सुँगुरको स्याहार सुसार गरिसकेपछि राम्रोसँग हातखुट्टा धुने गर्नुपर्छ।
भारतमा रोग देखिएका कारण नेपालमा पनि सरिहाल्छ भन्ने आशंका धेरैले गर्ने गर्छन्। खुला सिमानाका कारण यो चर्चा हुनु स्वभाविक पनि छ। तर, केरलाको पनि एउटा ग्रामीण क्षेत्रमा यो रोग देखिएका कारण नेपालमा सर्ने सम्भावना अत्यन्त कम नै छ। किनभने नेपालीहरु उक्त स्थानका सहरी क्षेत्रमा बसोबास गर्छन्।
यो रोग देखियो भने बिरामीमा ज्वरो आउने, वान्ता हुने, टाउको दुख्ने, शरीर शिथिल हुने, काम्ने र बेहोस हुने लक्षण देखिन्छ। भारतबाट नेपाल फर्कने क्रममा कोही मानिसमा यस्ता लक्षण देखिएको छ भने उसलाई तुरुन्तै आवश्यक उपचार प्रक्रियामा लैजानुपर्छ।
नेपालमा यस्ता लक्षण भएका बिरामी देखिएको खण्डमा बिरामीको नमूना परीक्षण गरेर पठाउने व्यवस्था हामीले मिलाइसकेका छौं। तर, पनि अहिलेको अवस्था हेर्दा हामी आत्तिहाल्नुपर्ने छैन। यो भाइरस एउटा निश्चित प्रजातिको चराबाट सर्ने हो। सबै चमेराबाट होइन।
नेपालम कुनै-कुनै ठाउँमा चमेराको मासु खाने चलन छ। त्यसकारण अहिले रोग देखिएको समयमा चमेरा नखान हामी सल्लाह दिन्छौं। फलफूल खाँदा पनि चोटपटक लागेको, चराचुरुंगीले टोकेको नखान सुझाव दिइरहेका छौं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।