काठमाडौं– लगानी बोर्डले काठमाडौंको नागढुंगादेखि काभ्रेको धुलीखेलसम्म मेट्रो रेल सञ्चालनका लागि आशयपत्र आह्वान गरेको छ।
आशयपत्रको आधारमा परामर्शदाता नियुक्त गरिने बोर्डले जनाएको छ। आशयपत्रका लागि बोर्डले २१ दिनको समयावधि तोकेको छ।
२१ दिनभित्रमा पेश भएका आशयपत्रका आधारमा परामर्शदाता नियुक्ति गरिने बोर्डले जनाएको छ । छनोट भएका परामर्शदातालाई सम्भाव्यता अध्ययनका लागि १५ महिनाको समयावधि निर्धारण गरिने बोर्डले जनाएको छ।
परामर्शदाताको प्रतिवेदनका आधारमा मेट्रो रेलको निर्माण कार्य आरम्भ हुने जनाइएको छ। परामर्शदाताले नागढुंगादेखि धुलिखेलसम्म करिब ३७ किलोमिटरको अध्ययन प्रतिवेदन प्रस्तुत गर्नेछ।
बोर्डमा अन्तर्राष्ट्रिय कम्पनीहरुबाट सोधपुछको क्रम सरु भएको जनाइएको छ। आशयपत्र आह्वान गरिसकेपछि विगत एक सातामा चीनबाट धेरै परामर्शदाताको सोधपुछ आएको बोर्डले जनाएको छ। बोर्डका अनुसार इटालीका केही कम्पनीले पनि जानकारी लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।