काठमाडौं– नेपाल आइडल दोस्रो विजेता गायक निशान भट्टराईको भुन्टी बोलको नयाँ गीत सार्वजनिक भएको छ।
राजेन्द्र भट्टको शब्द तथा संगीत रहेको भुन्टी शुक्रबार सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतको भिडियोमा गायक निशान, मोडल एलिसा राई र मिस्टर आर्जे फिचरिङ छन्। नेपाल आइडल प्रतियोगिताको दोस्रो विजेता बनेका निसान भुन्टीमा पहिलो पटक अभिनयमा समेत देखिएका हुन्।
रामकुमार केसीको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोलाई मनोज बस्नेतले निर्माण गरेका हुन्।
गीतको भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।