नवलपरासी- एभरेष्ट बैंक कावासोती शाखाले कावासोती नगरपालिका वडा नम्बर ६ मा रहेको जनता माध्यमिक विद्यालयलाई खेलकुद सामग्री हस्तान्तरण गरेको छ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालय छनोट गरी खेलकुद सामग्रीहरु वितरण गरेको हो। बुधबार विद्यालय परिसरमा बैंकका शाखा प्रबन्धक सुदीप श्रेष्ठ र सह-प्रबन्धक विमल भुषालले विद्यालयका अध्यक्ष डिलाराम भुषाललाई सामग्री हस्तान्तरण गरे।
भलिबल, ब्याडमिन्टन, बुद्धिचाल, लुडो, क्रिकेट लगायतका खेल सामग्रीहरु प्राप्त भएको विद्यालय स्रोतले जनाएको छ। बैंकका सह-प्रबन्धक भुषालले आगामी दिनमा पनि थप सहयोग गर्ने योजनामा बैंक रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।