काठमाडौं– भारतबाट नेपालमा लागुऔषध ल्याई बिक्रि गर्ने ठूला कारोबारी काठमाडौंको जमलमा पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो(एनसिबी)ले ५४ वर्षिय सोम प्रसाद राईलाई पक्राउ गरेको हो।
उनको साथबाट डाइजेपाम, बुप्रिनोर्फिन र फेनारगन ४ हजार ९ सय ५० एम्पुल लागुऔषध बरामद गरेको हो।
ब्यूरोका अनुसार भारतबाट ठूलो मात्रामा लागुऔषध भित्राएर नेपालका विभिन्न सहरमा बिक्रि गर्ने व्यक्ति हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।