मस्को– विश्वकप फुटबल २०१८ को 'अफिसियल' गीत सार्वजनिक गरिएको छ। 'लिभ इट अप' शीर्षकको गीत अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले शुक्रबार सार्वजनिक गरेको हो।
गीतमा अमेरिकी गायक तथा रचनाकार निकी जामले स्वर दिएका छन्। गितमा विल स्मिथ र इरा इस्टनेरफीको पनि साथ छ। गीतको अडियो सार्वजनिक गरिए पनि भिडियो भने सार्वजनिक गरिएको छैन।
गीत डिल्लोले निर्माण गरेको हो। अघिल्लो विश्वकपमा 'वि आर वान' बोलको गीत बनाएको थियो। सो गितमा पिटबुल र साकिराले स्वर दिएका थिए। त्यसअघि सन् २०१० को विश्वकपको गीत भने चर्चित बनेको थियो। साकिराले गाएको 'वाका वाका अफ्रिका' को भिडियो र गीत अहिले पनि चर्चित छ।
जेठ ३१ गते रसियाको मस्कोमा हुने उद्घाटन समारोहमा 'लिभ इट अप' गितमा कालकारले अफ्नो प्रस्तुती दिनेछन्।
यस्तो छ गीत :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।