उदयपुर–राष्ट्रपति बिद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको आपत्तीजनक फोटो बनाएर फेसबुकमा पोष्ट गर्ने पत्रकार पक्राउ परेका छन्।
उपहार एमएमका निर्देशक सरोज निरौलालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले पक्राउ गरेको हो। सिआईबीको निर्देशनमा उदयपुर प्रहरीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका निरौलालाई सिआईबीमा पठाइएको उयदपुरका एसपी नवराज भट्टले बताए।
निरौलाले सामाजिक सञ्जालमा फोटोसप मार्फत राष्ट्रपति र प्रधानमन्त्रीले अंगालो हालेको फोटो बनाई पोष्ट गरेका थिए। सो फोटोलाई सरकार विरोधीले फेसबुकमा ‘भाइरल’ बनाएका थिए। उनीविरुद्ध बिद्युतीय कारोबार ऐनअुनसार कारबाही गरिने प्रहरीले जनाएको छ।
पक्राउ परेका निरौलाको एफएम सञ्चालनको तयारीमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।