काठमाडौं– नेता बालकृष्ण ढुंगेललाई बाँकी कैद माफी गरी जेलमुक्त गर्ने सरकारको प्रक्रियाविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएको छ। बिहिबार अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन्।
कैद माफी प्रक्रिया रोक्न माग गर्दै रिट दायर भएको हो। कैद माफीको प्रक्रिया गैरकानुनी भएको रिटमा दाबी गरिएको छ।
सरकारले ढुंगेल सहित करिब ८ सय ५० कैदीलाई कैदी माफी दिइ गणतन्त्र दिवसको अवसरमा छाड्ने तयारी गरेको छ। त्यसका लागि कारागार व्यवस्थापन विभागले सूची गृह मन्त्रालयमा पठाइसकेको छ।
सम्बन्धित समाचार:बालकृष्ण ढुंगेललाई कैद माफी दिन मिल्दैन : इन्सेक
डिल्लिबजार कारागारमा रहेका ढुंगेल गत कात्तिक १४ गते पक्राउ परेका हुन्। उनलाई जन्मकैद अर्थात् २० वर्ष कैद सजाय भएको छ। कारागार नियमावलीअनुसार ४० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएको खण्डमा बाँकी कैद माफी दिन सक्ने प्रावधान छ। उनी द्वन्द्वकालमै साढे ७ वर्ष जेल बसेकाले ४० प्रतिशत कैद भुक्तान गरिसकेका छ्न। तर, उनी गम्भीर किसिमको अपराधमा संलग्न भएकाले कैद माफी दिन नमिल्ने भन्दै कतिपयले विरोध गर्दै आएका छन्।
बालकृष्ण ढुंगेलसहित ८ सय ५० कैदीलाई सजाय माफ गरी छाड्न सिफारिस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।