काठमाडौं– विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘रोमियो एन्ड मुना’ को नयाँ गीत सार्वजनिक भएको छ।
सार्वजनिक ‘पल पल’ बोलको गीतमा रोमियो र मुनको मायाप्रेमलाई झल्काइएको छ।
विश्व प्रख्यात चित्रकार भ्यान गगद्वारा निर्मित चित्रमाथि रोमियो र मुनाको संगीतमय प्रेमगीत प्रस्तुत गरिएको छ। सुक्मित गुरुङको स्वर, विश्व शाहीको शब्द तथा संगीत रहेकाे भिडियोको कोरियोग्राफी राजीव समर र नरेशकुमार केसीले गरेका हुन्।
प्रज्वल सुजल गिरी, सुष्मा कार्की, सुरक्षा पन्त समेतको अभिनय रहेको फिल्मलाई नरेशकुमार केसीले निर्देशन गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।