काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको आरोप लगाएका छन्।
अध्यक्ष थापाले सरकारले संविधानको आडमा मुलुकमा सर्वसत्तावाद ल्याउन लागिपरेको दाबी समेत गरे। बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार नियन्त्रण गर्ने नाममा सरकारले विरोधीलाई समाप्त पार्ने षड्यन्त्र गरिरहेको भन्दै सचेत रहन पनि आग्रह गरे।
अध्यक्ष थापाले क्यूवा लगायत मुलुकमा कम्युनिस्टहरुले सत्ता कब्जा गरेको घटना स्मरण गराउँदै नेपालमा पनि कम्युनिस्ट नेतृत्वको बलियो वर्तमान सरकार विरोधीलाई समाप्त पारेर अगाडि बढ्न चाहेको आरोप लगाए।
उनले आफ्नो पार्टीले हिन्दु राष्ट्र स्थापनाका लागि अभियान नै सञ्चालन गर्ने घोषणा पनि गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।