काठमाडौं– सयौं नेपाली युवतीहरुलाई कुवेतमा बिक्रि गरेको अभियोगमा इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएका सिन्धुपाल्चोक ठुलोपाखरका श्याम कुमार लामालाई प्रहरीले पक्राउ गरी नेपाल ल्याएका छ। बिहिबार उनलाई नेपाल ल्याइएको हो।
उनकी श्रीमती मिना लामालाई ६ गते प्रहरीले नेपाल ल्याएको थियो। दुवै जनाविरुद्ध इन्टरपोलले रेड कर्नर नोटिस जारी भएको थियो।
उनीहरुले बैदेशिक रोजगारीका नाममा धेरै नेपाली युवतीहरुलाई कुवेतमा लगेर बिक्रि गरेको प्रहरीले जनाएको छ। एक पीडितले गत भदौमा महानगरीय अपराध महाशाखामा उजुरी दिएकी थिइन्। सुरुमा प्रहरीले विजय तामाङलाई पक्राउ गरेकोमा अनुसन्धान गर्ने क्रममा श्याम र मिनाले कुवेतमै बसेर धेरैलाई बिक्रि गरेको खुलेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।