काठमाडौं- महाराजगन्जस्थित याक्खा ओभरसिजका सञ्चालक भीमबहादुर रोक्कालाई प्रहरीले पक्राउ गरेको छ। साथै उक्त कार्यालयबाट कागजात पनि बरामद गरेको प्रहरीले जनाएको छ।
वैदेशिक रोजगारीका क्रममा मलेसिया कामदार पठाउँदा माइग्रामका नाममा सो ओभरसिजले १ सय २५ रिंगिट लिँदै आएको गोप्य सूचनाका आधारमा म्यानपावरमा छापा मारेरको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए।
म्यानपावरका सञ्चाल ककमल बस्नेत भने फरार छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत जेठ ३ गते बायोमेट्रिक, भिएलएन, ओएससी जिएससी र माइग्राम खारेज गर्ने निर्णयसँगै ती कार्य गर्ने संस्थाहरुमा प्रहरीले निगरानी बढाउँदै आएको छ।
प्रहरीले गत आइतबार वैदेशिक रोजगारीका क्रममा मलेसिया जाने कामदारहरुसँग थप रकम असुली गर्दै आएको आरोपमा भिएलएनका सञ्चालक रामप्रसाद श्रेष्ठसहित ४८ जनालाई पक्रिएको थियो। यस्तै, जिएसजी सर्भिस नेपालका गोविन्द थपलिया र बायोमेट्रिकका प्रमुख सञ्चालक तथा स्वास्थ्य व्यवसायी संघका अध्य क्षकैलाश खड्का प्रहरीको फरार सूचीमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।