पेरिस– फ्रान्समा बेरोजगार दर अघिल्लो तीन महिनाको तुलनामा ३ प्रतिशतले वृद्धि भई ८ दशमलब ९ प्रतिशत पुगेको तथ्याङ्क मामिला हेर्ने राष्ट्रिय निकाय इन्सीले बुधबार बताएको छ।
फ्रान्सको मुख्य क्षेत्रमा जनवरीदेखि मार्चसम्मको अवधिमा २६ लाख व्यक्तिले रोजगारी गुमाएका छन्। त्यस्तै ८३ हजार व्यक्तिले सन् २०१८ को पहिलो तीन महिनामा आन्तरिक श्रम बजारबाट रोजगारको अवसर गुमाएका थिए।
वार्षिक आधारमा भने यो तथ्याङ्कमा शून्य दशमलब ४ प्रतिशतको गिरावट भएको इन्सीले जानकारी गराएको छ। यद्यपि महिलातर्फ फ्रान्सको बेरोजगारी दरमा भने वृद्धि भएको छ।
राष्ट्रपति इमानुएल म्याक्रोले मुलुकको बेरोजगारी दरलाई आगामी २०२२ सम्म वर्तमान ९ दशमलब ४ प्रतिशतबाट ७ प्रतिशतमा झार्ने लक्ष्य लिएका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।