नयाँ दिल्ली– भारतको राज्य सञ्चालित रेल सेवाको सञ्जाल विस्तार हुँदैगर्दा रेल मन्त्रालयले सेवालाई थप सुरक्षित र प्रभावकारी बनाउन करिब १० हजार सुरक्षाकर्मी थप गर्ने भएको छ।
भारतीय रेल मन्त्रालयद्वारा जारी एक प्रेस विज्ञप्ति अनुसार सरकारले रेल सेवालाई थप सुरक्षित बनाउन रेल सेवा बलको अनलाइन पेजमा गरेको ९ हजार ७ सय ३९ विज्ञापनमध्ये ८ हजार ६ सय १९ पद रेलवे सुरक्षा जवान तथा १ हजार १ सय २० सव इन्सपेक्टर रहेका छन्।
रेल सेवा मन्त्रालयका एक अधिकारीले बुधबार भने,‘रेल सेवालाई थप सुरक्षित र मर्यादित बनाउन सरकारले रेल सेवाका लागि करिब १० हजार सुरक्षाकर्मीलाई भर्ना गर्ने भएको छ। यसबाट भारतीय रेल सेवा सञ्जाललाई थप व्यवस्थित बनाउन सकिने अपेक्षा सरकारको रहेको छ।’
भारतले रेल सेवालाई विश्वकै केही मुलुकमाजस्तो व्यापक रुपमा यातायात सञ्जाल विस्तार गरेको छ। भारतको उत्तरदेखि दक्षिणसम्म ठूलो क्षेत्रमा रेल सेवा विस्तार भएको छ। सरकारी तथ्याङ्क अनुसार भारतमा करिब ९ हजार रेलले प्रत्येक दिन २ करोड ३० लाख यात्रुलाई सेवा दिने गर्छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।