कोलकाता- आइपिएल क्रिकेटमा कोलकता नाइटराइडर्स क्वालिफायरमा प्रवेश गरेको छ। कोलकाताले बुधबार भएको एलिमिनेटरमा राजस्थान रोयल्सलाई २५ रनले पराजित गर्दै सनराइजर्स हैदरावाद विरुद्ध दोस्रो क्वालिफायरमा भिडन्त पक्का गरेको हो।
यसअघि चेन्नईसँग पराजित भएपछि हैदरावादले दोस्रो क्वालिफायरमा मौका पाएको थियो। उपाधिका लागि कोककाता र हैदरावादको विजेताले चेन्नईसँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो क्वालिफाइर शुक्रबार र फाइनल आइतबार हुनेछ।
बुधबार कोलकताले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको राजस्थानले ४ विकेटको क्षतिमा १ सय ४४ रन मात्र जोड्न सक्यो। राजस्थानका लागि अजिन्का राहाणेले ४६ रन र सन्जु सामसनले ५० रन जोडेपनि जितका लागि पर्याप्त हुन सकेन। बलिङतर्फ कोलकाताका पियुस चावलाले २ विकेट लिए।
पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६९ रन जोड्यो। उसका लागि कप्तान दिनेश कार्तिकले ३८ बलमा ५२ रनको योगदान दिए। शभमान गिलले १७ बलमा २८ रन र आन्द्रे रसेलले २५ बलमा नटआउट ४९ रनको योगदान दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।