काठमाडौैं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुसँग बुधबार साँझ बालुवाटारमा छलफल गरेका छन्।
छलफलमा संसद नियमावली, संसदीय समिति गठन,संसदको अन्तरिम कार्यविधि,सरकारको नीति तथा कार्यक्रम लगायतका बिषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
कांग्रेसको अवरोधका कारण संसद नियमावली पारित हुन सकेको छैन। नियमायवली पारित भएलगत्तै संसदीय समितिहरु गठन गर्नुपर्ने भएकाले त्यस विषयमा पनि छलफल भएको छ।
छलफलमा प्रधानमन्त्री ओलीले नियमावली बनाउने बिषयमा सहमति गरेर जान प्रमुख प्रतिपक्षी दलका नेताहरुलाई आग्रह गरेका छन्।
छलफलमा प्रधानमन्त्री ओली,नेकपाका अध्यक्ष पुष्पकमल दाहाल,प्रवक्ता नारायणकाजी श्रेष्ठ,महासचिब बिष्णु पौडेल,पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ सहभागी थिए।
त्यस्तै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा,नेताहरु रामचन्द्र पौडेल,शसांक कोइराला,कृष्ण सिटौला,पूर्ण बहादुर खड्का,बिजय गच्छादार र मिनेन्द्र रिजाल सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।