काठमाडौं– तेक्वान्दोकी चौथो डान रोमी गिरीले दक्षिण कोरियामा खेलकुदको व्यवस्थापन र प्रशासनमा इन्टर्न गर्ने भएकी छिन्। उनलाई विश्व तेक्वान्दो महासंघले इन्टर्नका लागि अवसर प्रदान गरेको हो। नेपाल तेक्वान्दो संघको पहलमा कोरिया जान लागेकी गिरीले त्यहाँ रहदा खेलकुद सम्बन्धि व्यवस्थापन र प्रशानसनमा शैद्धान्तिक तथा प्रायोगात्मक ज्ञान हासिल गर्नेछिन्।
रोमीले विश्व तेक्वान्दोको सिओलस्थित मुख्यालयमा ६ महिना इन्टर्न गर्ने बताइएको छ। इन्टर्नका लागि उनी शुक्रबार कोरिया प्रस्थान गर्नेछिन्।
खेलाडी हुँदै तेक्वान्दोकी राष्ट्रिय रेफ्री बनेकी उनी हाल वाणिज्य मन्त्रालयकी अस्थायी जागिरे छिन्।
यसअघि उनले सन् २०१५ मा जापान भएको युथ लिडरसिप क्याम्पमा सहभागीता जनाएकी थिइन्। यस्तै उनले सन् २०१६ मा संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय स्पोर्टस् फर डेभलपमेन्ट एन्ड पिसमा आफ्नो धारणा दिने मौका पाएकी थिइन्। हालै उनले केएफए कलेजबाट एमबिए गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।