सोल- दक्षिण कोरियाका ८ जना पत्रकार समाचार सङ्कलनको लागि दक्षिण कोरिया गएका छन्।
उत्तर कोरियाले बुधबार आणविक क्षेप्यास्त्र उत्पादन केन्द्र नष्ट गर्ने जनाएकोले सो समाचार सङ्कलनका लागि ती पत्रकारहरु उत्तर कोरिया गएका हुन्। अघिल्लो बुधबार बस्ने भनिएको यी दुई देशको बैठक बस्न नसकिरहेका बेला उत्तर कोरियाले भने दक्षिण कोरियाली पत्रकारलाई समाचारका लागि नै आमन्त्रण गरेको जनाइएको छ।
हाल सोलमा जारी रहेको भनिएको दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैनिक अभ्यासको निहुँ पारेर उत्तर कोरियाले कुनै पनि बैठकको अगुवाइ गरेको छैन। दुई कोरियाबीच प्रायः हुने गरेका द्विपक्षीय बैठकहरु पनि पछिल्लो समयमा आएर ठप्प भएका छन्।
उनीहरु बुधबारै मध्यमन्ह त्यसतर्फ गएका हुन्। ती पत्रकारले दक्षिण कोरियाले नष्ट गर्न लागेको भनिएको आणविक क्षेप्यास्त्र उत्पादन तथा परीक्षणस्थलको अवलोकन गरी सो नष्ट गरिएको पक्रियाको बारेमा समाचार संकलन र सम्प्रेषण गर्नेछन्।
उत्तर कोरियाले चीन, अमेरिका, रुस र बेलायतका पत्रकारलाई पनि उक्त घटनाको समाचार सङ्कलन र सम्प्रेषणको लागि बोलाएको छ। तर ती देशबाट के कति पत्रकार त्यहाँ जाँदैछन् भन्ने बारेमा भने केही बताइएको छैन।
गत अप्रिलमा भएको दुई कोरियाको एक ऐतिहासिक शान्ति सम्झौताबमोजिम उत्तर कोरियाले आणविक उत्पादन तथा परीक्षणको काम नगर्ने र ती उत्पादन र परीक्षणस्थल नै नष्ट गर्ने जनाएको थियो।
दुई कोरियाबीच गएको अप्रिल २७ मा अहिलेसम्मकै सबैभन्दा उच्चस्तरीय बैठक बसेको र त्यसपछि शान्ति सम्झौता भएको थियो । त्यसयता यी दुई कोरियाबीच विभिन्न समयमा उच्चस्तरका बैठक बस्दै आएका थिए।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।