कुन्दुज, अफगानिस्तान- अफगानिस्तानको उत्तरी प्रान्त कु्न्दुजमा अफगान सेनाले गरेको हवाई कारबाहीमा परी ६ जना आतङ्ककारी मारिएका छन्। तालिबान आतङ्ककारी समूहलाई लक्ष्यगरी गरिएको कारबाहीमा उक्त संगठनका एक जना प्रमुख कमान्डरसहित ६ आतङ्ककारी मारिएका हुन्।
सो कारबाहीमा परी कमान्डर मुल्लाह करिम मुख्लिसको मृत्यु भएको कुन्दुज प्रान्तको प्रान्तीय सरकारका प्रवक्ता सुनातुल्लाह टिमुरीले जानकारी दिए।
अफगानिस्तानमा आतङ्ककारीको बढी प्रभाव रहेको इलाकालक्षित हवाई कारबाहीमा अफगान सेनालाई नेटो र अमेरिकी सेनाको सहयोग रहँदै आएको छ।
पछिल्लो समयमा यहाँका आतङ्ककारीले सर्वसाधारण नागरिक र सुरक्षा निकायलाई लक्ष्य गरेर आक्रमणलाई तीव्र पारेकोले सुरक्षा निकायले पनि कारबाहीलाई सशक्त बनाएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।