काठमाडौं- बुधबार नेप्से परिसूचकमा ४ दशमलब ५५ अंकको गिरावट आएको छ। आज परिसूचक १ हजार ३ सय २८ दशमलब २७ को बिन्दुमा पुगेको छ।
बुधबार १ सय ६१ कम्पनीको २९ करोड ६३ लाख ७ हजार ९३७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। मंगलबारको बजारमा ५३ करोड ८ लाख ६९ हजार ३ सय ८९ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
बुधबार कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको सर्वाधिक सेयर कारोबार भएको छ। कम्पनीको १ करोड ८९ लाख ८७ हजार ८ सय २२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५५ रुपैयाँले बढेर १ हजार ६ सय ५ रुपैयाँ पुगेको छ। त्यस्तै, सिटिजन्स बैंक इन्टरनेशनलको १ करोड ५१ लाख ८० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
बुधबार माइक्रोफाइनान्स र अन्य समूह बाहेक अरु सबै समूहमा गिरावट आएको छ। माइक्रोफाइनान्स समूह ५ दशमलब ५७ अंकले बढेको छ भने अन्य समूह २ दशमलब ३२ अंकले बढेको छ। आज बिमा समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। समूहमा २६ दशमलब ५७ अंकले गिरावट आएको छ।
बुधबारको कारोबारमा मिथिला लघुवित्त विकास बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ सय रुपैयाँले बढेको छ। त्यस्तै, किसान माइक्रोफाइनान्सका लगानीकर्ताले प्रतिकित्ता १ सय ४० रुपैयाँ कमाएका छन्।
यता पोखरा फाइनान्स कम्पनी लिमिटेडको संस्थापक सेयरधनीले सर्वाधिक गुमाएका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता १५ रुपैयाँ अर्थात् ९ दशमलब ८० अंकले घटेको छ। त्यस्तै, युनाइटेड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ४४ रुपैयाँ गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।