काठमाडौं– ३ करोड रुपैयाँमा कालो हिरा(ब्लाक डायमन्ड) बिक्रि गर्न खोज्ने ८ जना दरबारमार्गमा पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी दानबहादुर मल्ल नेतृत्वको टोलीले लैचचौरका रमेश रजकसहित ८ जनालाई पक्राउ गरेको हो।
गोप्य डिल भइरहेको सूचनाका आधारमा प्रहरीले छापा हानी उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुबाट २ वटा कालो हिरा पनि बरामद गरेको छ। उनीहरुमाथि थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभागमा पठाइएकोमा काठमाडौं परिसरका डिएसपी मोहन थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।