भक्तपुर– बुधबार बिहान भक्तपुरमा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ जाँदै गरेको टिप्परको ठक्करबाट साँगा ओरालोमा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको हो।
बा ३ ख ६६७४ नम्बरको टिप्परले बा ५६ प १२२७ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए।
मृत्यु हुनेमा दोलखा मेलुङ–६ घर भई हाल मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली बस्ने ५० वर्षीय स्कुटर चालक हरिबहादुर कटुवाल, ४२ वर्षीया सविता घिमिरे र १३ वर्षीय अवीन्द्र घिमिरेको मृत्यु भएको हो । तीन जनाकै शव भक्तपुर अस्पतालमा राखिएको तथा ठक्कर दिने टिपपरलाई नियन्त्रणमा लिइएको छ ।
टिप्परका चालक भने फरार रहेको प्रहरीले जनाएको छ। मृत्यु हुने सविता र अवीन्द्र आमा छोरा हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।