काठमाडौं– आइपिएल क्रिकेट प्रतियोगिताको समूह चरणका खेल सकिएका छन्। अहिले प्लेअफमा म्याच भइरहेका छन्।
समूह चरणबाट ४ टिम बाहिरिएसँगै उनीहरुको खेल पनि सकिएको छ। सिजनमा सवैभन्दा कमजोर प्रदर्शन गर्ने टिममा नेपाली युवा स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली डेयरडेभिल्स रह्यो। अंक तालिकाको पुछारमा रहेको दिल्लीले १४ खेल मध्ये ५ खेलमा मात्र जित निकाल्न सफल भयो।
दिल्लीले चेन्नई सपुर किंग्स र मुम्बई इन्डियन्स जस्ता बलिया टिमलाई भने हराउन सफल भयो। दिल्लीका लागि रिवश पन्तले सवैभन्दा बढी ६ सय ८४ रन र विकेट ट्रेन्ट बाउन्टले सवैभन्दा बढी १८ विकेट लिन सफल भए।
दिल्लीका लागि युवा खेलाडीले उत्कृष्ट खेल्न सफल भए। जसमा सन्दीप लामिछाने, पृथ्वी शा र अभिषेक शर्मा भएको दिल्लीले जनाएको छ। यी तीन मध्ये सन्दीप अग्रस्थानमा छन्।
सन्दीप लामिछाने
लेग स्पिनर सन्दीपले खेलेका ३ खेलमै विकेट लिन सफल भए। उनले १६.४४ को औसतमा ५ विकेट लिए। सन्दीपको इकोनोमी ६.३३ रह्यो। यो आँकडा टी–२० क्रिकेटमा उत्कृष्ट बलिङ मानिन्छ। अन्ति खेलमा उनले मुम्बई विरुद्ध ३ विकेट लिएपछि दिल्ली जिततर्फ अग्रसर भएको थियो।
पृग्वी शा
भारतलाई यु–१९ विश्वकप जिताउने कप्तान पृथ्वी शाले सुरुवातमा मौका नपाएपछि पछिल्ला ९ खेलमा ओपनिङमा ब्याटिङ गरे। उनले पहिलो खेलमै १० बलमा २२ रन बनाएका थिए। कोलकाता विरुद्ध ६२ रन बनाएका उनले ९ खेलमा कुल २ सय ४५ रन जोडे। उनको स्ट्राइक रेट १ सय ५३ रह्यो।
अभिषेक शर्मा
यु–१९ टिमका अभिषेक शर्माले पनि पहिलो खेलमा उत्कृष्ट ब्याटिङ गरे। उनले रोयल च्यालेञ्जर्स बैंग्लोर विरुद्ध १९ बलमा ४६ रन बनाएका थिए। उनले बलिङमा आफ्नोफ क्षमत देखाउन भने पाएनन्।
यता दिल्लीले सिजनमा आवद्ध भएका आफ्ना सवै खेलाडीलाई सामाजिक सञ्जालमार्फत धन्यवाद दिएको छ। सन्दीपलाई धन्यवाद दिने क्रममा दिल्लीले नेपाललाई गर्व गर्ने प्रदर्शन गरेको, खेलेका ३ खेलमै विकेट लिएको र खेलमा समर्पित भएको भन्दै धन्यवाद दिएको छ। दिल्लीले अर्को सिजनमा सन्दीपले आफ्नो टिमबाट खेल्ने विश्वास व्यक्त गरेको छ। ्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।