एजेन्सी– बलिउड अभिनेता अभिनेत्रीहरुको प्रेम तथा वैवाहिक प्रसंगले प्रायः दर्शकको मन तानेको हुन्छ। पछिल्लो समय अभिनेत्री सोनम कपुरको विवाह पनि चर्चाको केन्द्रमा रह्यो।
सोनमले गत मे ८ मा व्यापारी आनन्द आहुजासँगको प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गरिन्। तर विवाहको २ हप्तासम्म पनि उनीहरु हनिमुन यात्रामा निस्किएका छैनन्।
विशेषगरि विवाहपछिका केही दिन नवजोडीहरुले कुनै रमाइलो र पहिला नपुगेका ठाउँहरुको छनौट गरि हनिमुनका लागि निस्कने गर्दछन्। तर सोनमको नवविवाहीत जोडी भने अहिलेसम्म हनिमुनका सम्बन्धमा चुपचाप छ।
यसै विषयमा भारतीय सञ्चार माध्यमहरुले सोनमको हनिमुन यात्राका बारेमा केही खुलासा गरेका छन्। जसअनुसार उनीहरु अब केही दिनमै हनिमुनका लागि ग्रिस जाने छन्। ग्रिसका केही खास ठाँउहरुमा नवविवाहित जोडीले समय बिताउने छन्।
फिल्म ‘विरे दि वेडीङ’को प्रचारमा व्यस्त सोनम र आफ्नो व्यवसायमै समय दिइरहेका आनन्दले अब भने केही समय हनिमुन यात्रा तय गर्न लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।