काठमाडौं– ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनले आफ्नो नाममा नेपाल एभेरष्ट बैंकबाहेक अन्य कतै पनि सम्पत्ति नरहेको दाबी गरेका छन्।
सम्पत्ति विवरण सार्वजनिक गर्दै उनले आमा र बाबुको नाममा दाङ र रोल्पामा करिब २० लाख ३० हजार बराबरको जमिनबाहेक अन्य कुनै पनि घरजग्गा आफ्नो नाममा नरहेको उल्लेख गरेका छन्।
आमा तीर्थमाली पुन मगर र बाबु इर्खाराम पुनको नाममा दाङ र रोल्पामा २० लाख ३० हजार बराबरको खरिद गरेको र पुर्खौली सम्पत्ति रहेको उनको विवरणमा उल्लेख छ।
पुनसँग सुन १५ तोला र डेढ केजी चाँदी रहेको उल्लेख छ। करिब ७ लाख बराबरको सुनचाँदी पुर्ख्यौली सम्पत्तिको रुपमा आफ्नो नाममा रहेको विवरणमा उल्लेख छ। पुनसँग एभरेष्ट बैंकमा ३ लाख ५० हजार रुपैयाँ रहेको उल्लेख छ।
शेयर र ऋण कुनै पनि नरहेको ऊमन्त्री पुनले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।