काठमाडौ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफूसँग निजी एउटा पनि सवारीसाधन नभएको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।
आज सार्वजनिक सम्पत्ति विवरणमा उनले गुल्मीको इस्मा गाउँपालिका ४ मा कच्ची घर र दुई कटेरा रहेको उल्लेख गरिएको छ। मन्त्री विष्टले विभिन्न बैंकबाट ७३ लाख ऋण लिएका छन्।
विष्टकी श्रीमति प्रमिला श्रेष्ठका नाममा काठमाडौंको सामाखुसीमा ४० लाख बराबरको जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ। विष्ट र श्रीमतीसँग करिब ७ तोला सुन रहेको विवरणमा खुलाइएको छ।
मन्त्री विष्टको गुल्मीको इस्मा गाउँपालिकामा करिब ४० रोपनी जग्गा रहेको विवरणमा छ। श्रीमती समेतको नाममा विभिन्न बैंकमा ७ लाख २१ हजार ७ सय ४३ रुपैयाँ नगद रहेको विवरणमा खुलाइएको छ। योभन्दा बाहेक विष्टसँग टिभी, मोबाइल सेट र दराज रहेको विवरणमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।