काठमाडौं– रक्षामन्त्री ईश्वर पोखरेलको कलेजदेखि हाइड्रो कम्पनीसम्म लगानी रहेको खुलेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पती विवरण अनुसार उनको तीन वटा कम्पनीमा शेयर लगानी छ।
पोखरेलले श्रीमती मिरा पोखरेलको नाममा बरुण हाइड्रो, कृषि विकास बैंक र मोर्डन कन्या मल्टिपल क्यापसमा लगानी गरेका छन्। बरुणमा उनको १० हजार कित्ता, कृषि विकास बैंकमा १ सय कित्ता तथा मोर्डन पल्टिपल क्याम्पसमा ५ हजार कित्ता शेयर छ।
मन्त्री पोखरेलको इन्भेष्टमेन्ट बैंकमा खाता छ। जून खातामा ७ लाख रुपैयाँ रहेको उनले उल्लेख गरेका छन्। जून भ्रमण भत्ता, पुस्तक बिक्रिबाट प्राप्त भएको उल्लेख गरिएको छ।
आफुसँग करिब ९ तोला सुन रहेको र २५ तोला चाँदी रहेको उनले उल्लेख गरेका छन्।
पोखरेलको ४ ठाउँमा जग्गा र घर छ। टोखामा २३ आना जग्गामा उनको घर छ। पुरानो घर र जग्गा बिक्रि गरी तथा ऋण लिएर त्यो घर बनाएको उनले बताएका छन्।
पोखरेलको झापाको चन्द्रगढीमा १२ कठ्ठा, भक्तपुरको नगरकोटमा १ रोपनी ११ आना र धादिङको खानीखोलमा ४ रोपनी जग्गा छ। जसमध्ये चन्द्रगढीको जग्गा पोखरेलकै नाममा छ भने अरु श्रीमतीको नाममा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।