काठमाडौं– बिद्यालयसँग घुस लिने जिल्ला विकास तथा समन्वय इकाई, सुनसरी (जिल्ला शिक्षा कार्यालय) का समन्वय अधिकृत (उप–सचिव) खगेन्द्र प्रसाद सुवेदी पक्राउ परेका छन्। ५० हजार घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको हो।
उनले श्री आधारभूत विद्यालय, भन्टावारीको विद्यालय भवन तथा शौचालय निर्माणको योजना पारिदिने भन्दै बिद्यालयका प्रधानाध्यापकसँग घुस लिएका थिए। बिद्यालयका प्रअले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीस्थित कार्यालयलाई सूचना दिई पक्राउ गराएका हुन्।
इनरुवास्थित सरकारी निवासबाटै उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।