काठमाडौं– अक्षरा स्कुल काँडाघारीमा दोस्रो काठमाडौं अक्षरा अन्तर्राष्ट्रिय बालनाटक महोत्सव हुने भएको छ।
जेठ १२ गतेदेखि १५ गतेसम्म चल्ने महोत्सवमा १० देशको सहभागिता रहनेछ। महोत्सवमा बंगलादेश, भारत, श्रीलंका, पाकिस्तान, स्विजरल्यान्ड, डेनमार्क, इन्डोनेसिया, रसिया, जर्मनी र स्लोभाकियाका बालनाटक मञ्चन हुने महोत्सव निर्देशक टंक चौलागाईँले जानकारी दिए।
विद्यालय तहका प्रतिभाहरुमा हौसला वृद्धिका साथै विद्यार्थी र अभिभावकबीच अन्तरक्रिया गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक अक्षरा स्कुलले जनाएको छ। यसका साथै विभिन्न देशका सहभागीहरुबीच कला–संस्कृतिको आदानप्रदान गर्ने अवसरका रुपमा पनि महोत्सवलाई हेरिएको छ।
महोत्सवको पहिलो दिन शनिबार नेपालको तर्फबाट अक्षरा स्कुलको नाटक प्रदर्शन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।