काठमाडौं- बुटवल पावर कम्पनीले आफ्ना सेयरधनीलाई करीब रु ४४ करोड नगद लाभांश वितरण गर्ने भएको छ।
कम्पनीको मंगलबार सम्पन्न २५औं वार्षिक साधारणसभाले उक्त लाभांश दिने निर्णय पारित गरेको हो। कम्पनीको गत चैत २५ गते बसेको सञ्चालक समिति बैठकले लाभांश दिने निर्णय गरेको थियो। कम्पनीले केही समयअघि एफपिओ बिक्री गरेपछि चुक्ता पुँजी दुई अर्ब २१ करोड रुपैयाँ पुगेको छ। कम्पनीमा ८८ हजार सेयरधनी छन्।
कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा ६६ करोड ८० लाख रुपैयाँ मुनाफा कमाएको थियो। उक्त मुनाफाबाट नगद लाभांश दिने निर्णय गरेको हो। कम्पनीले केही दिनअघि मात्रै चिनियाँ साझेदार लगायतको संयुक्त लगानीमा जलविद्युत् आयोजना निर्माण गर्ने योजना अघि सारेको छ।
कम्पनीले मनाङमा ६ सय मेगावाटको माथिल्लो मर्स्याङ्दी र २ सय ८२ मेगावाटको मनाङ–मर्स्याङ्दी निर्माण गने तयारी गरेको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।