काठमाडौं– राष्ट्रिय जनता पार्टीको राजनीतिक समितिको बैठक जेठ २५ गतेका लागि बोलाइएको छ। आज बसेको पार्टीको अध्यक्ष मण्डलको बैठकले जेठ २५ मा राजनीतिक समितिको बैठक बस्ने निर्णय गरेको हो।
'सोही बैठकले पार्टीको महाधिवेशन र संसदीय दलको चुनावको तिथिमिति निर्धारण गर्नेछ', राजपाका महासचिव केशव झाले भने, 'राजनीतिक समितिले संसदीय दलको नेता र प्रदेश २ को सरकारका लागि तीनजना राज्यमन्त्री चयन गर्नेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।