काठमाडौं– आफ्नो पोसाककै कारण विभिन्न समय चर्चामा आउने अभिनेत्री करिश्मा मानन्धर पुनः चर्चामा आएकी छन्। केही दिनयता छोरी कविताले फिल्ममा डेब्यु गर्न लाग्दा शुभकमाना दिन पुगेकी मानन्धर छोटो पोसाकका कारण चर्चामा आएकी थिइन्।
त्यस विषयका करिश्मा स्वयंले पनि सामाजिक सञ्जालबाट प्रतिक्रिया जनाएकी थिइन्। उनको भनाइ थियो– व्यक्तिगत स्वतन्त्रतामाथि किन चासो?
सोमबार सम्पन्न नेपाल चलचित्र पत्रकार संघको १९औँ स्थापना दिवसमा अतिथिका रुपमा सरिक करिश्मा सर्ट, पाइन्ट, ब्ल्याक सुज र चस्मामा सजिएकी थिइन्। हेर्दा लाग्थ्यो उनी कुनै सरकारी कर्मचारि हुन्। तर उनी हाल अध्ययनरत विद्यालयको पोसाकमै कार्यक्रमस्थल पुगेकी थिइन्।
करिश्मा अहिले मैतिदेवीस्थित त्रिवेणी पब्लिक विद्यालयको कक्षा १०मा अध्ययनरत विद्यार्थी हुन्। उनी सोही विद्यालयको पोसाकमा कार्यक्रमस्थल पुगेकी थिइन्।
सो कार्यक्रमा सञ्चार तथा सूचना राज्यमन्त्री गोकुल बास्कोटासँगै करिश्माले एकसाथ चलचित्र पत्रकारहरुलाई पुरस्कार वितरण गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।