काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायातको सिन्डिकेट तोड्न यातायात विभागका तत्कालीन महानिर्देशकको मात्र योगदान रहेको भनेर गलत प्रचार गरिएको भन्दै असन्तुष्टि प्रकट गरेका छन्।
मन्त्री महासेठले १८ महिनासम्म विभागमा बस्दा रुपनारायण भट्टराईले केही नगरेको र आफू मन्त्री भएपछि मात्रै सिन्डिकेट विरुद्धको काम सुरु भएको दाबी गरे।
मंगलबार राजधानीमा आयोजित साक्षात्मकारमा बोल्दै मन्त्री महासेठले विभागबाट भट्टराईको सरुवा नभएको पनि बताए।
‘उहाँलाई केही दिनका लागि मन्त्रालयमा बोलाएका छौं’, उनले भने, ‘उहाँलाई डिस्टर्ब गर्नेगरी ल्याएको होइन।’
मन्त्री महासेठले विगतको सरकारले कर्मचारीलाई राजनीतिक आस्थाको आधारमा विभेद गर्ने गरे पनि वर्तमान सरकारले समान व्यवहार गरेको दाबी पनि गरे।
यातायात व्यवसायीहरुको दबावमा यातायात व्यवस्था विभागका महानिर्देशक भट्टराईको सरुवा गरिएको भन्दै मन्त्री महासेठको आलोचना हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।