काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपिएल)मा प्रभावशाली बलिङ गरेर विश्वभर प्रशंसा कमाएका नेपाली क्रिकेटर सन्दीप लामिछाने स्वदेश फर्किएका छन्।
सन्दीपलाई लिन राष्ट्रिय टिमका कप्तान पारस खड्का समेत त्रिभुवन विमानस्थल पुगेका छन्। विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले आइपिएलमा आफूले धेरै कुरा सिकेको बताए।
सन्दीपको स्वागतमा ठूलो संख्यामा क्रिकेटप्रेमीहरु विमानस्थल पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।