एजेन्सी– बलिउड फिल्म उद्योगमा फ्यान फ्लोइङ, सुन्दरता र अभिनयका दृष्टिले अब्बल अभिनेत्रीहरुको लेखाजोखा बेलाबेला चलिरहन्छ। कतिपय अवस्थामा भने उत्कृष्टताबारे कलाकार वृत्तबाटै व्यक्तिगत टिप्पणी पनि आउने गर्छ।
यसै क्रममा अभिनेता सलमान खानले बलिउडमा सबैभन्दा उत्कृष्ट अभिनेत्री ज्याकलिन फर्नान्डिज रहेको धारणा राखेका छन्। एक टेलिभिजन कार्यक्रममा बोल्दै सलमानले नयाँ पिँढीका कलाकारहरुमा ज्याकलिन नै सर्वोत्कृष्ट अभिनेत्री रहेको बताए।
सलमान र ज्याकलिन अभिनीत पछिल्लो फिल्म 'रेस ३' जून १५ मा प्रदर्शनमा आउँदै छ। सोही फिल्मको प्रचारप्रसारका क्रममा यो जोडी यतिबेला विभिन्न टेलिभिजन शो र अन्य कार्यक्रममा पुगिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।