काठमाडौं- नेप्से परिसूचकमा ४ दशमलब ३१ अंकको गिरावट आएको छ। मंगलबार नेप्से परिसूचक १ हजार ३ सय ३२ दशमलब ८२ को बिन्दुमा आइपुगेको छ।
मंगलबार परिसूचकमा गिरावट आए पनि कारोबारमा भने सुधार भएको छ। आज १ सय ६० कम्पनीको ५३ करोड ८ लाख ६९ हजार ३ सय ८९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। जबकि सोमबार ३५ करोड ५४ लाख ५० हजार ७ सय ९० रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
मंगलबार नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरको सर्वाधिक कारोबार भएकाले कारोबार बढेको हो। बैंकको संस्थापक सेयरको २२ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, स्वरोजगार लघुवित्त विकास बैंकको २ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबार तीन समूह बाहेकका अन्य समूहमा गिरावट आएको छ। उत्पादन तथा प्रशोधन समूह ५ दशमलब ८५ अंकले बढेको छ। त्यस्तै, लघुवित्त समूह ५ दशमलब ७५ अंकले बढेको छ भने होटल समूह २ दशमलब ९३ अंकले बढेको छ।
मंगलबार सूर्योदय लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता १५३ रुपैयाँ अर्थात् ९ दशमलब ९७ प्रतिशतले बढेको छ। त्यस्तै, किसान माइक्रोफाइनान्सका लगानीकर्ताले प्रतिकित्ता १ सय ३५ रुपैयाँ कमाएका छन्। यता गुमाउनेमा सेन्ट्रल फाइनान्स अन्तर्गतका लगानीकर्ता छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।