काठमाडौं– प्रहरीले याक एण्ड यती होटलमा रहेको क्यासिनो रोयलमा प्रहरीले छापा हानको छ। जहाँबाट जुवा खेलिरहेका २ नेपाली पक्राउ परेका छन्। ६६ वर्षिय सोते लामा र ४५ वर्षिय बिश्व श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
महानगरीय अपराध महाशाखाले सोमबार बेलुका सो क्यासिनोमा छापा हानेको हो। क्यासिनोमा नेपालीलाई प्रबेश निषेध भएपनि केहीले गोप्य रुपमा नेपालीहरुलाई प्रबेश गराउदै आएका छन्। पक्राउ परेका उपर जुवा ऐनअनुसार कारबाही हुने महाशाखाका प्रवक्ता एसपी नरेन्द्र उप्रेतीले बताए।
काठमाडौंका सबैजसो क्यासिनोमा गोप्य रुपमा नेपालीहरुलाई अवैध रुपमा प्रबेश गराएर जुवा खेलाइने गरिएको छ। माजोङ क्यासिनोबाट पटक पटक नेपालीहरु पक्राउ पर्दै आएका छन्।
क्यासिनोमा नेपालीलाई जुवा खेलाए क्यासिनोकै इजाजत रद्द हुने प्रावधान छ। पर्यटकलाई जुवा खेलाउन मात्र नेपालमा क्यासिनोलाई अनुमती छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।