बुटवल- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले ल्याएको नीति तथा कार्यक्रम 8वाद उन्मुख नभएको बताएका छन्। उनले सरकारले शब्दमा 8वाद भन्ने तर ठोसमा कुनै पनि स्पष्ट नीति नआएको दाबी गरे।
रिपोर्टर्स क्लब नेपाल प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले सरकारको नीतिले जनजीविकाको सवाललाई सम्बोधन नगरेको बताए। '8वाद उन्मुख भन्ने नीति नै छैन, नीति केहो, कसरी हो, कृषिमा आत्मनिर्भर कृषि नीति, भूमिसुधार नीति के हो, नयाँ पिँढीले के गर्ने, राजगारी कसरी सिर्जना गर्ने, युवाहरु के गरेर बस्ने, आत्मनिर्भर बनाउन के गर्ने, उद्योगधन्दा कलकारखाना खोल्ने नीति खै?’ उनको प्रश्न छ।
सरकारका नीति शब्दजाल भएको भन्दै उनले कुरा गर्नेभन्दा काम गर्ने दिन आएको बताए।
बाँकी १४ 'सिन्डिकेटर'ले नै सरकार खाने खतरा
सरकारले यातायातको सिन्डिकेट तोडेकोमा धन्यवाद दिँदै उनले अब मुलुकमा १५ मध्ये १४ सिन्डिकेट बाँकी रहेको बताए। 'अब शिक्षा, स्वास्थ्य, न्यायपालिकामा पनि सिन्डिकेट छ,' उनले भने, 'बाँकी १४ सिन्डिकेटरहरुले नै सरकार खाने खतरा छ।’
केसीले एमाले र माओवादीबीचको एकता संसदीय व्यवस्थाको पक्षपोषण मात्र भएको तर्क गरेका छन्। सबै कुरा मिलेपछि पार्टी एकता नौलो कुरा नभएको उनको भनाइ छ। 'उनीहरुले 8वाद भनेको छन्। यो प्रवृत्तिले मुलुकमा 8वाद आउँदैन,’ उनले थपे, 'झलनाथ खनाललाई पनि थाहै नदिई हाँसोमजाकमै एकता भएको रहेछ।'
नेकपासँग जनमोर्चाको एकता हुँदैन
अध्यक्ष केसीले हालै गठित नेपाल कम्युनिस्ट पार्टीसँग आफ्नो पार्टीको एकता नहुने प्रस्ट पारेका छन्। ‘निर्वाचनका बेला चुनाबी तालमेल भए पनि जुन इस्युमा सहमति भयो त्यो कार्यगत एकता हो। पार्टी एकताका लागि धेरै मिल्नुपर्छ सैद्धान्तिक, सांगठनिक पक्ष लगायतका अहिले सम्भव छैन,’ केसीले भने।
मोदीको नेपाल भ्रमण औचित्यहीन
नेता केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बेला नागरिक अभिनन्दन गरिनु गलत भएको बताए।
'मोदीको भ्रमण औचित्यहीन हो, नेपाललाई अप्ठेरोमा पर्दा नाकाबन्दी गर्ने छिमेकी राज्यको सरकार प्रमुखलाई जयजयकार गर्नु हुँदैन,' उनले भने। भारतले नेपालका सबै जलस्रोत पालैपालो लगेको भन्दै यसपालि पनि अरुण तेस्रो सरकारले भारतलाई बुझाएको दाबी गरे।
‘भारतले नेपालको संविधान आफ्नो अनुकूल बनाउने प्रयास गरेको हो, यसका लागि मोदीको नेपाल भ्रमण संशोधनको उद्देश्य हो,’ केसीले भने, 'पहिले संविधान नबनाउन दबाब, पछि जारी नगर्न दबाब। पछि खारेज गर्न दबाब र अहिले भारतकै इसारामा संसोधन गर्ने तयारी भइरहेको छ।'
नेपालमा संघीयता कार्यान्वयन हुनै नसक्ने भन्दै उनले प्रदेश २ बाट नै संघीयता असफलको संकेत सुरु भएको बताए। 'नेपाल राख्ने हो भने संघीयता खारेज गरौं, संघीय प्रदेश घाँडो हो, यसको काम छैन, खारेज गरौं,' केसीले भने।
प्रदेश सरकारको कामै नभएको जिकिर गर्दै उनले सांसद र मन्त्रीको चिया खाने काम मात्र भएको बताए। 'नेपाली जनतालाई आर्थिक भार मात्रै भो, सांसदको काम खै?' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।