काठमाडौं– विमानस्थलबाट ५ वर्षदेखि सुन तस्करी गर्दै आएका गिरोहका नाइके चूडामणि उप्रेती ‘गोरे’ पक्राउ परेका छन्।
गृह मन्त्रालयको विशेष छानबिन समितिले उनलाई पक्राउ गरेको हो। स्रोतका अनुसार गोरेलाई विदेशबाट पक्राउ गरेर ल्याइएको हो।
समितिका एसएसपी बसन्त लामाले उनलाई पक्राउ गरिएको पुष्टि गरे। आजै गोरेलाई सार्वजनिक गरिने एसएसपी लामाले बताए।छानबिन समितिले गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गर्न लागिएको छ।
विमानस्थलमा एयरलाइन्सका कर्मचारी र प्रहरीसँग सेटिङ मिलाएर गोरेले सुन तस्करी गर्दै आएका थिए।
गत माघ ९ गते विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सुन लुटेको आशंकामा उनले करेन्ट लगाएर सनम शाक्यको हत्या गरेको थिए।
शाक्य हत्याको विस्तृत अनुसन्धान गर्ने क्रममा उनको तस्करीको धन्दा बाहिर आएको हो। सो प्रकरणमा विशेष समितिले यसअघि ३० जनालाई पक्राउ गरिसकेको छ। जसमध्ये ८ जना प्रहरी अधिकारी छन्।
गोरे पक्राउ परेसँगै यो मुद्दाले नयाँ मोड लिएको छ। गोरेले प्रहरी अधिकारीहरुलाई पैसा दिएको डायरी मात्र भेटिएको थियो। अबको उनको बयानबाट धेरै कुराहरु प्रष्ट हुने छानबिन समितिका एक अधिकारी बताउँछन्।
गोरे पक्राउ छानबिन समितिको महत्वपूर्ण सफलता भएपनि लुटिएको भनेको साढे ३३ किलो सुन भने बरामद भएको छैन।
गोरे समूहले मात्रै ३८ सय केजी सुन तस्करी गरेको खुलासा, यी हुन् ३४ फरार अभियुक्त
३३ किलो सुन तस्करी : ‘बाजेको सेकुवा’का सञ्चालक पनि छानबिनमा
सुन तस्करसँग कुन प्रहरीले कति रकम लिए? (विवरणसहित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।