गाईघाट– उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेबाट लागूऔषधसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।
त्रियुगा नगरपालिका–६ का २० वर्षीय दिपेश कटुवाल, २० वर्षीय सरोजकुमार मगर, २१ वर्षीय राजनारायण मगर र त्रियुगा नगरपालिका–५ का १९ वर्षीय अजय मोचीलाई इलाका प्रहरी कार्यालय जलजलेले पक्राउ गरेको हो।
उनीहरुको साथबाट लुपिजेसिक, डाइजोल्याब, फेनारगन लगायतका लागूऔषध तथा गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
जलजलेबाट सदरमुकामतर्फ जाँदै गर्दा शंका लागि चेकजाँच गर्दा लागूऔषध बोकेको फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।