चोङगोइङ– चीनको दक्षिणपश्चिमी उशान प्रान्तको एक वस्तीमा ‘विषाक्त खाना’का कारण कम्तीमा ८७ जना बिरामी परेका सोमबार स्थानीय अधिकारीले बताएका छन्।
आइतबार एउटै भोजमा खाना खाएका उनीहरूले खाना खाएपछि असजिलो महशुस गरेपछि उपचारका लागि तत्कालै नजिकको अस्पतालमा भर्ना गरिएको थियो।
स्थानीय समयअनुसार सोमबार बिहान ११ बजेसम्ममा ३५ जनालाई उपचारपछि घर पठाइएको छ भने ५२ जनाले अझै अस्पतालमा भर्ना भै उपचार सेवा लिइरहेका छन्। अस्पतालमा उपचाररत सबैजना खतरामुक्त रहेको जनाइएको छ।
उशानको सुरक्षा प्रशासनले उक्त घटनामा दोषी भनी आरोपित केही व्यक्तिलाई हिरासतमा लिएको छ भने बिरामीहरूले प्रयोग गरेको तयारी खानाको नमूना परीक्षणका लागि ल्यावमा पठाइएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।